झापा, चैत्र १२ । नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले एसईईको परीक्षा ‘होम सेन्टर’मा गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले पढिरहेको विद्यायालयभन्दा अर्को विद्यालयमा परीक्षा दिन जाँदा परिक्षार्थी र अभिभावकलाई अनावश्यक तनाव भएको धारणा राखे । “आगामी सातादेखि एसईई सुरु हुँदै छ । एउटा विद्यालयमा पढिरहेका विद्यार्थीहरु एसईईको अर्को विद्यालयको परीक्षा केन्द्रमा जानुपरिरहेको छ,” उनले भने, “यसले अभिभावक र विद्यार्थीलाई अनावश्यक तनाव बनिरहेको छ । एसईईको व्यवस्था पढिरहेको विद्यालयमा हुने वा होम सेन्टरको व्यवस्था गरियोस्।”

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्