बिर्तामोड, चैत १३ । नगर खेलकुद विकास समिति बिर्तामोडको आयोजनामा यहि चैत १७ र १८ गते वडास्तरीय फुटसल प्रतियोगिता हुने भएको छ ।

वडास्तरीय फुटसल प्रतियोगिता बिर्तामोड नगरपालिका वडा नम्बर १ स्थित एफ्सुलेट फुटसलमा हुने सोमवार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो ।

फुटसल प्रवर्द्धन तथा खेलाडी उत्पादनका लागि खेल आयोजना गरिएको खेलकुद विकास समिति अध्यक्ष विकास गिरीले जानकारी दिए ।प्रतियोगितामा १० वटै वडाका टिमहरु सहभागी हुने छन् ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ५० हजार र २५ हजार रुपैयाँ मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन् भने म्यान अफ द म्याच ९ जनालाई जनही २ हजार एक सय रुपैयाँ पुरस्कार र मेडल ट्रफी, प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै बेष्ट प्लेयरलाई नगद २ हजार एक सय मेडल, ट्रफी, प्रमाणपत्र प्रदान गरिने जनाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्