झापा, चैत १४ । झापाको कचनकवल –५ पाठामारीमा हिजो दिउँसो भएको आगलागीबाट करिव ४० विगाहको ११ वटा परालको कुन्यु जलेर नष्ट भएको छ ।

पाठामारी बजारदक्षिण स्थानीयले वडा कार्यालयको खाली जग्गामा राखेको ११ वटा परालको कुन्यूमा हिजो दिउँसो ३ बजेतिर अचानक आगलागी भएको हो ।

प्रहरी चौकी र सशस्त्र प्रहरी बेस क्याम्प नजिक भएको सो आगलागीबाट स्थानीयबासीका सबै परालको कुन्यु जलेर नष्ट भएको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । उनले समयमा नै भद्रपुर नगरपालिकाको दमकल र कचनकवल गाउँपालिकाको पानी ट्याङकर ,सुरक्षाकर्मी , जनप्रतिनिधि ,स्थानीयबासीको सहयोगबाट आगो २ घण्टामा नियन्त्रणमा लिइएको भट्टराईले जानकारी दिए ।

आगोबाट मानवीय वस्तीमा क्षति हुनबाट जोगाएपनि मकैबालीमा क्षति पुगेको जनाइएको छ । यसअघि पनि सो ठाउँमा परालको कुन्युमा आगलागी भएको थियो ।कसैले परालको कुन्युमा आगो लगाइदिएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्