दोहा, चैत १४ । नेपाली राजदूतावास कतार र मानव सेवा आश्रम कतार समन्वय समितिको संयुक्त आयोजनामा एकदिने अन्तरक्रिया कार्यक्रम दोहास्थित दूतावासको सभाहलमा सम्पन्न भएको छ।

नियोग प्रमुख राजदूत डा.नरेशविक्रम ढकालको सभापतित्वमा सहयोगापेक्षी (बेवारिसे, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिक रूपमा कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण र कार्यान्वयनका लागि कतारवासी नेपाली र संघ–संस्थाको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

मानव सेवा आश्रमका परिकल्पनाकार एवं संस्थापक अध्यक्ष रामजी अधिकारीको विशेष आतिथ्यता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत ढकालले कतारमा भएका विभिन्न संघसंस्थाले हप्तैपिछे गर्ने कार्यक्रमहरुको खर्च कम गरेर सडकआश्रित नेपाललाई मानवमुक्त राष्ट्र निर्माणका लागि सहयोग गर्न कतारबासी नेपालीलाई अनुरोध गरे ।

त्यस्तै मानव सेवा आश्रम नेपालका संस्थापक अध्यक्ष अधिकारीले बेवारिसे,अशक्त,असहाय,अनाथ,अभिभावकविहीन,शारीरिक तथा मानसिक रूपमा कमजोर कोही पनि नेपालीहरुलाई सडकमा देख्नु नपरोस् भन्दै अबको दुई बर्षभित्र नेपाललाई सडकआश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने बताए।
कार्यक्रममा सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल अभियानका लागि शोभाराम ओली,बिमल सुवेदी,नन्दलाल बिक,भानुभक्त दाहाल,अर्जुन संग्रौला,राजाराम शाही, कृष्ण पन्थी,पूर्ण पोखरीया,बुद्ध पाण्डे,सुजन धिताल,छविलाल भट्टराई, रोशन वि.सी,तेज कटुवाल,सुष्मा कटुवाल,कल्याण थापा,रघुनाथ शर्मा, नन्दलाल बिक,प्रभात त्रिपाठी र सरस्वती त्रिपाठीले कतारबाटै यो महाअभियानमा सहभागिता जनाएका छन्।

यसैबीच कतारमा परोपकारी मनहरुलाई एक सुत्रमा बाँध्न औपचारिक रूपमा मानव सेवा आश्रम कतार समन्वय समिति गठन गरिएको छ।
जसको संयोजकमा रामजी खत्री, सहसंयोजक छविलाल भट्टराई,राजाराम शाही,महासचिव सन्ध्या अर्याल,सचिव कमल अर्याल,कोषाध्यक्ष सुदर्शन भण्डारी,सह–कोषाध्यक्ष गोपाल खतिवडा चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा साबित्रा शर्मा,भोजबहादुर साउद,बृन्दा अधिकारी,जिवस यादव,रेश्मी विश्वकर्मा साथै सल्लाहकारमा बिमल सुवेदी,बुद्धिप्रसाद भण्डारी,राकेश श्रेष्ठ,तेज कटुवाल, प्रेमराज रिजाल,क्रान्ति सिंह,सरिता भण्डारी पौडेल र धनराज गुरुङ रहेका छन् ।
यसैबीच कोशी प्रदेश संयोजक भोला बस्नेत, मधेश प्रदेश संयोजकमा नियाज शेख ,लुम्बिनी प्रदेश संयोजकमा समुन्द्र खडका,बागमती प्रदेश संयोजकमा माया खड्का छेत्री,गण्डकी प्रदेश संयोजकमा सन्तोष पौडेल ,कर्णाली प्रदेश संयोजकमा दुर्गाबहादुर बिक,सुदूरपश्चिम संयोजकमा परमानन्द भाट रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्