दरणीय बुबाआमा , शिक्षक गुरुवर्ग, दाजुभाई, दिदीबहिनीहरु सबैमा सर्वप्रथम नमस्कार ।
लागूऔषधको सेवनले मानिसको शारीरिक र मानसिक स्वास्थ्य बिग्रन्छ । यसको प्रयोगबाट आफू , परिवार , समाज र राष्ट्रलाई नै अपुरणीय क्षति पुग्ने हुँदा यस्ता पदार्थदेखि टाढा रहने राख्ने प्रयत्न सबैले गरौं ।
जान्नैपर्ने कुराहरु
(१) लागूऔषध भनेको के हो ? यसले कसरी ब्यक्तिलाई दुर्व्यसनी बनाउँछ भन्ने कुरा हरेक अभिभावकले आफ्ना छोराछोरीलाई कक्षा ५ पढ्नुअघि नै बुझाउनु होस् । कक्षा ५ देखि पाठ्यपुस्तकमा समावेश होस् भनी दवाव दिने गरौं ।
(२) लागूऔषधमा छोराछोरी आकर्षित हुन सक्ने वातावरण ( घरमा वार बनाउने, पार्टी आदि गरेर बच्चाका अगाडि रक्सी आदि सेवन , विद्यालयको शैक्षिक भ्रमणमा मादक पदार्थ सेवन गर्ने आदि) गर्ने वातावरण नबनाउनु होस् ÷ नगर्नु होस् ।
(३) लागूऔषधमा ब्यक्ति परेपछि उसलाई कसरी पहिचान गर्ने भन्ने ज्ञान सबै अभिभावकले राख्नु होस् ।
(४) यदि लागूऔषध लिएको थाहा भएमा तत्कालै त्यस कुरालाई गम्भीरतापुर्वक लिई अब के गर्नु उचित हुन्छ भनी परामर्शदाता वा विशेषज्ञकहाँ गईहाल्नु होस् ।लागूऔषध लिएको कुरा लुकाउने काम नगर्नु होस् ।
(५) आफैले लागूऔषधको समस्या समाधान गर्छु भनी आफ्नो प्रकारको प्रयास गर्नतिर नलाग्नु होस् ।
(६) लागूऔषध प्रयोगकर्तालाई परामर्श सेवाकेन्द्र वा उपचार केन्द्रमा लैजान विल्कुलै ढिला नगर्नु होस् ।
(७) परामर्श, उपचार केन्द्रमा लैजाँदा पढाइ छुट्यो वा जागिर छुट्यो भनेर बिल्कुलै चिन्ता नगर्नु होस् ।
(८) उपचार तथा पुनर्स्थापना केन्द्रको कोर्स पूरा नभएसम्म वा केन्द्रका पदाधिकारीहरुले अब लैजानु नभनेसम्म कुनै हालतमा डिस्चार्ज नगर्नु होस् ।
(९) उपचारमा बसेका ब्यक्तिले म अब ठिक भए भनी विभिन्न प्रकारको दवाव वा अनुरोध गरे पनि त्यसलाई स्वीकार नगर्नु होस् ।यस्ता दवावहरु दिएको भए तत्कालै केन्द्रका पदाधिकारीहरुलाई यसको जानकारी गराइ हाल्नुहोस् ।
(१०) जबसम्म उपचारपश्चात् अब के गर्ने ? भन्ने कुरा निश्चित हुँदैन, तबसम्म्स डिस्चार्ज नगर्नु होस् ।
(११) लागूऔषध दुर्व्यसनको कुलतबाट निस्केको २ बर्ष नभइ विवाह गरिदिने ,कम्तिमा १८ महिना पूरा नभइ विदेश पठाउने वा व्यवसाय गराउने काम कुनै हालतमा नगर्नु होला ।
(१२) नगद कारोवार गर्ने कामको जिम्मेवारी सकभर नदिनुहोस् ।
(१३) रक्सी तथा अन्य लागूपदार्थसंग भेट हुने स्थान, ब्यक्ति र वातावरणसंग सम्पर्क हुने अवसरबाट टाढै राख्ने प्रयास गर्नुहोस् ।
(१४) दुर्व्यसनबाट उपचार गरि बाहिर आएपश्चात् निजलाई पुराना कुरा निकालेर पीडा दिने वा आत्मग्लानी गराउने काम नगर्नु होस् ।
(१५) दुव्र्यसनबाट निस्किएको व्यक्तिले नयाँ जीवन प्राप्त गरेकालाई नै ठूलो उपलब्धी भएको ठानी सन्तोष लिन सिक्नु होस् ।
(१६) दुर्व्यसनबाट निस्किएको ब्यक्तिलाई साधारण दुर्व्यसनमा नपरेको ब्यक्तिसंग दाँजेर कुरा गरिरहने काम नगर्नुहोस् साथै त्यस्ता ब्यक्तिबाट एकदमै ठूलो आशा पनि नगर्नु होस् ।दुर्व्यसनमुक्त भई आफ्नै पैतृक सम्पत्तिबाट रक्षा गर्दै नैतिकतापूर्वक परिवार चलाएकोलाई नै ठूलो उपलब्धी ठान्नुहोस् ।
(१७) उपचार केन्द्रबाट एकैपल्ट सम्पर्क नटुटाइ बिस्तारै बिस्तारै सम्पर्क घटाउँदै जानुहोस् ।
(१८) कुनै पद वा अवसर दिँदैमा ऊ दुर्व्यसनमुक्त हुन सक्छ भन्ने विश्वास विल्कुलै नराख्नु होस् ।
(१९) उपचार केन्द्रसँग नियमित सम्पर्कमा रहिरहनु होस् ।यो समस्या पुनः बल्झिन सक्छ र मलाई परामर्शदाता एवम उपचार केन्द्र पुनः आवश्यक पर्न सक्छ भन्ने विश्वास राखी केन्द्रसंग राम्रो सम्बन्ध राखिराख्नु होस् ।
(२०) दुर्व्यसनको उपचार चिकित्सक वा औषधिबाट मात्र सम्भव हुन्छ भन्ने विश्वास नराख्नु होस् ।
(२१) दुर्व्यसनबाट निस्किएको ब्यक्तिलाई निष्कृय बस्न नदिनु होस् ।
(२२) सवारीसाधन र मोवाइल सकभर नियन्त्रण गर्नु होस् ।
(२३) सदैव माया ममता स्नेह गर्नु होस् ती ब्यक्तिसंग खुलेर कुराकानी गर्नुहोस् , ब्यवहारिकता प्रदर्शन गर्नु होस् ।
(२४) हप्काइ दप्काइ गरि नियन्त्रण गर्छु भन्ने सोचाइ हटाइहाल्नु होस् ।
(२५) सम्झाएर बुझाएर म नै ठिक गर्छु कोही आफन्त ल्याएर हप्काउँछु संझाउन लगाउँछु भन्ने मानसिकताबाट बाहिर आउनु होस् ।
(२६) कसरी म मद्धत गर्न सक्छु भन्ने धारणाको विकास गर्नु होस् । सम्मानजनक व्यवहार गर्नुहोस् ।
नोट ः– वर्तमान समय नेपालमा राजनीतिका मात्र गफ भेला नकारात्मक टिप्पणी मात्र हुने गर्दछ । नागरिक संवेदना छैन ।सत्ता कुर्सी पनि एक प्रकारको एडिक्सन नै भएको छ । हामी कसरी असल अभिभावक वा असल समाज बनाउँछौ, सन्ततिलाई सहि बाटो कसरी देखाउने भन्नेमा हामी चिन्तित छैनौं । त्यसकारण हरेक घरमा लागूऔषध तीब्र रुपमा भित्रिदै छ । तपाईंका हावादारी राजनीतिक गफले छोराछोरी नै वाक्क दिक्क भएका छन् । घरमा चेतनामुलक सन्देश , सृजनात्मक कार्य आदि नानीबाबुले पाउँदैनन् । खेलकुद ,घुमफिर, नाचगान परिवारसंग रमाउने वातावरण छैन । अझ ती नानीहरुको अगाडि उनीहरु नै थकित हुने निराशावादी कुरा बढी हुने गर्दछ । हाम्रा नानीबाबुलाई सहि समयमा लागूऔषधका बारेमा सहि जानकारीसम्म नभएको कारण धेरै युवायुवतीहरु लागूऔषध दुर्व्यसनको लतमा फसेका छन् ।
हामी सचेत बन्न जरुरी छ । यहाँहरुलाई विशेष थप जानकारी चाहिएमा ,परामर्श चाहिएमा ,उपचार केन्द्रको सहयोग चाहिएमा ?? सम्पर्क राख्नु होला । (अध्यक्ष ÷ प्रमुख प्रशिक्षक चेतना नेपाल सम्पर्क नं. ९८०७९९२७६६)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्