झापा, चैत १५ । झापामा बिलबिनाको हरियो चियापत्तिसहित दुईवटा गाडी र त्यसका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।


मंगलवार साँझ ५.२० बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.१५ ज्यामिरगढीमा जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले उत्तरबाट दक्षिणतर्फ आउँदै गरेका ईलाम माइजोगमाई गाउँपालिका वडा नं.१ बस्ने १९ वर्षिय देवेन्द्र जोगीले चलाई ल्याएको मे.१ज.२४८२ न.को पिकअप र ईलाम नगरपालिका वडा नं.४ बस्ने २४ वर्षिय सर्जन घलेले चलाई ल्याएको प्र.१–०१–००१च.७९४१ न.को पिकअप गाडीलाई शंका लागेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा बिलबिनाको हरियो चियापत्ति २७४२ के.जि.फेला परेकोले उक्त चियापत्ति र गाडीसहित चालकहरुलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि बुधवार आन्तरिक राजश्व कार्यालय ईटहरी पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्