झापा , चैत्र १६ । झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर- १० बाट सोही ठाउँका २२ वर्षीय अशोक राजवंशीलाई १ ग्राम ब्राउनसुगरसहित बुधवार दिउँसो पक्राउ गरेको हो । त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका- ४ मा रहेको एक चिया पसलबाट ब्राउनसुगरको किनबेच भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी-९ का २३ वर्षीय विनोद श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका ६ मोरङका ३२ वर्षीय लक्ष्मीप्रसाद ढकाललाई ८ ग्राम लागूऔषध ब्राउनसुगरसहित बुधवार राति सवा ८ बजे पक्राउ गरेको हो । ब्राउनसुगरसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्