झापा, चैत १८ । गएराति हावाहुरीसहित आएको असिना पानीले बिर्तामोड– ३ स्थित मुसहर बस्तीमा चारवटा घर भत्किएको छ ।

सन्तोष ऋषिदेव , राजेन्द्र ऋषिदेव , संजय ऋषिदेव र मनु ऋषिदेवको घर हावाहुरीले भत्काएको हो । उनीहरुको टीनको छाना भएको बाँसको घरको छानो उडाएको हो । त्यस बस्तीमा ९ घर मुसहर रहेका छन् । हावाहुरीका कारण अधिकांशको चर्पीसमेत भत्किएको छ । अन्जु चौधरी ,मनु ऋषिदेव , सुरज ऋषिदेव ,संझना मुर्मूलगायतको चर्पी भत्किएको हो । बिर्तामोड– ३ का मुसहरसंगै बिर्तामोड– १० विराटपोखरका विपन्न मुसहरको घर पनि भत्किएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्