झापा, चैत १८ । गैरसरकारी संस्था महासंघ नेपाल झापाको अध्यक्षमा कृष्ण दंगाल निर्वाचित भएका छन् ।

हिजो कन्काई नगरपालिकाको कोटीहोममा सम्पन्न दशौं अधिवेशन तथा सोह्रौं वार्षिक साधारणसभाबाट दंगालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । जसको उपाध्यक्षमा ओमप्रकाश गौतम,सचिव विजय तिम्सिना,सहसचिव निता घतानी र कोषाध्यक्षमा मनोज घिमिरे रहेका छन् ।

त्यस्तै सदस्यहरुमा राजकुमार कट्टेल , सोमनाथ तिम्सिना , भरत कुशुवार , देवीमाया श्रेष्ठ , सिताराम खतिवडा , नारायण बजगाँई , लोकमाया ढुंगाना , कृष्णकली राजवंशी र हरिमाया खड्का रहेका छन् ।

महासंघका अध्यक्ष हरि गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि महासंघका उपमहासचिव उमेश विश्वकर्मा रहेका थिए । त्यस्तै अतिथिहरुमा महासंघका केन्द्रीय सदस्य तथा कोशी प्रदेश ईञ्चार्ज छविलाल खतिवडा, कोशी प्रदेश अध्यक्ष लखनलाल शाह, सचिव सोमराज ढकाल, सदस्य ज्ञानु थापा,पूर्व झापा अध्यक्ष रुद्र सिटौला,पूर्व झापा सचिव उमानाथ ढकाललगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्