एजेन्सी । हालै निर्देशक अयान मुखर्जीले आफ्नो आगामी फिल्म ‘ब्रह्मास्त्र २’ र ‘ब्रह्मास्त्र ३’ को बारेमा जानकारी दिएका छन् ।

अयानले यसपटक ‘ब्रह्मास्त्र’को दुवै भाग एकैसाथ सुटिङ गर्ने बताएका हुन् । उनले यसपटक पनि चलचित्रलाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने र चलचित्र लेखनमा विशेष ध्यान दिने बताए । मिडियासँग कुरा गर्दै अयानले भने, ‘यसपटक हामी ‘ब्रह्मास्त्र २’ र ‘ब्रह्मास्त्र ३’ सँगै छायांकन गर्नेछौँ । यसपटक फिल्म लेख्न अझै समय लाग्न सक्छ भन्ने हामीलाई लागेको छ । मलाई थाहा छ यस पटक फिल्मबाट दर्शकको ठूलो अपेक्षा छ । फिल्मको दोस्रो भाग जतिसक्दो चाँडो रिलिज होस् भन्ने जनता चाहन्छन् तर यसपटक पहिलाभन्दा राम्रो लेख्छु भन्ने सोचेको छु । मलाई लाग्छ करिब तीन वर्षपछि हामी ‘ब्रह्मास्त्र २’ ठूलो पर्दामा देख्नेछौँ ।’ अयानले थपे, ‘ मलाई लाग्छ ‘ब्रह्मास्त्र’मा केही गल्तीहरू थिए । फिल्मलाई लिएर हामीले मिश्रित प्रतिक्रिया पाएका छौँ । तैपनि हामीले धेरै राम्रो नम्बर पायौँ, धेरैले हाम्रो फिल्म मन पराए ।’ यसबाहेक, फिल्मले स्ट्रिमिङ प्लेटफर्ममा पनि राम्रो प्रदर्शन गरेको छ । ‘ब्रह्मास्त्र’ सन् २०२२ को सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्