एजेन्सी । नेटोले आफ्ना कर्मचारीहरुलाई यसले उपलब्ध गराएको उपकरणहरुमा सुरक्षाको विषयलाई लिएर टिकटक डाउनलोड गर्न एवं प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

शुक्रबार नेटोले आफ्ना कर्मचारीहरुलाई यस्तो सूचना पठाएको हो । तर, आन्तरिक सुरक्षा व्यवस्थाका कारण यसअघि नै पनि नेटोका उपकरणहरुमा टिकटकको प्रयोग नरहेको बताइएको छ । “नेटोका लागि साइबर सुरक्षा सबैभन्दा महत्वपूणर् हो । नेटोले यसका लागि आवश्यकता एपहरुको मापदण्ड तोकेको छ र टिकटक यसका उपकरणहरुमा पहुँचयोग्य छैन,” नेटोका एक अधिकारीलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ ।

अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउँदा कसले पाउँछ, कसले गुमाउँछ ?
चिनियाँ सरकारले टिकटक प्रयोगकर्ताहरूको तथ्यांकमा पहुँच पुर्याउन सक्ने भन्दै यसमाथि प्रतिबन्ध लगाउने सबैभन्दा ठूलो अन्तरसरकारी निकाय नेटो बनेको छ । यसअघि, अमेरिका, बेलायत, नर्वे, युरोपेली संसद् र अन्य राष्ट्रहरूले सरकारी उपकरणहरुमा टिकटकमाथि प्रतिबन्ध लगाएका छन् । केही दिनअघि अमेरिकी संसदीय समितिमा बोल्दै टिकटकका सीईओ शाउ च्यूले कम्पनी बेइजिङबाट पूणर्रूपमा स्वतन्त्र भएकोमा जोड दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्