भद्रपुर, चैत २० । ६६ औं सहकारी दिवसको अवसर पारेर भद्रपुर ९ स्थित प्रकाश एकता कृषि सहकारी संस्था लिमिटेडले सरसफाई गरेको छ ।

संस्थाको वार्षिक कार्यक्रमअन्तर्गत भद्रपुर ९ मा रहेका रामेश्वर शिव पाञ्चायन मन्दिर र श्रीकृष्ण प्रणामी मन्दिरमा सरसफाई गरेको हो ।

सहकारीका अध्यक्ष गोपालप्रसाद श्रेष्ठको अध्यक्षता तथा भद्रपुर ९ नं वडाध्यक्ष रामप्रसाद दाहालको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा सहकारी संस्थाका सल्लाहकार संयोजक चुडामणी मैनाली, रामेश्वर शिव पाञ्चायन मन्दिरका अध्यक्ष सरोज निरौला र श्रीकृष्ण प्रणामी मन्दिरका अध्यक्ष गोपालकृष्ण मैनालीको उपस्थिति रहेको थियो । सरसफाईपश्चात् सहकारी संस्थाका तर्फबाट मन्दिर समितिका अध्यक्ष दुवैजनालाई एक– एक वटा डस्टविन प्रदान गरिएको सहकारीका सचिव शालिग्राम नेपालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्