एजेन्सी । ट्विटरका सिइओ एलन मस्कले ट्विटरको लोगो वेब पेजमा परिवर्तन गरेका छन् ।

उनले मंगलबार बिहान चर्चित ब्लू बर्ड लोगो परिवर्तन गरेर कुकुरको तस्बिर (डगी इमोजी) राखेका छन् । ट्विटरको यो लोगो देखेर प्रयोगकर्ता छक्क परेका छन् । यद्यपि यो परिवर्तन ट्विटरको वेब पेजमा छ र हाल प्रयोगकर्ताहरूले ट्विटर मोबाइल एपमा ब्लु बर्ड मात्र देखिरहेका छन् । ट्विटरका सीईओले मार्च २६, २०२२ को स्क्रिनसट पनि साझा गरेका छन् । सो स्क्रिनसटमा मस्क र बेनामी खाता बीचको कुराकानी छ । सो संवादमा चराको लोगो हटाइ कुकुरको राख्ने कुरा भएको छ । ट्वीटरमा यो पोष्ट सेयर गर्दै मस्कले ‘वाचा गरे अनुसार’ लेखेका छन् । यो परिवर्तनपछि मस्कले आफ्नो अकाउन्टमा डगी मिमलाई सेयर गर्दै फनी ट्विट सेयर गरेका छन् । यसमा ड्राइभिङ लाइसेन्स जाँच गरिरहेका एक प्रहरी अधिकारीको हातमा ट्विटरको ब्लू बर्डको तस्बिर छ र कारमा बसेको कुकुरले ‘यो पुरानो तस्विर हो’ भनिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्