झापा, चैत २२ । सिक्किमको हिमपहिरोमा परी तीन नेपालीसहित ७ जनाको मृत्यु भएको छ । त्यस्तै १३ जना घाइते भएका छन् ।

सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको मृत्यु भएको हो ।

नेपालबाट घुम्न गएका उनीहरु अचानक आएको हिमपहिरोमा परेका हुन्। त्यस्तै मृत्यु हुनेहरूमा उत्तर प्रदेशका बल सिंह र रेव्या सिंह, कोलकाताका सौरभ रोय चौधरी र प्रितम मात्ये छन् ।
तीनै जना नेपालीको शव ल्याउने तयारी भइरहेको छ । मुख्यमन्त्री प्रेमसिंह तामाङले गान्तोकको एसटीएनएम अस्पतालमा उपचाररत हिमपहिरोका घाइतेको स्वास्थ्य अवस्था बुझेका थिए ।
सेना, राज्य विपद् व्यवस्थापन टोली र प्रहरीको लामो प्रयासपछि हिमपहिरो हटाइएको थियो । हिमपहिरोका कारण ४ सयभन्दा बढी पर्यटक र एक सयभन्दा बढी सवारीसाधन फसेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्