लेटाङ , चैत २१ । एमालेनिकट जनप्रतिनिधिहरु सरकारी गाडी दुरुपयोग गरेर ग्रासरुट कार्यक्रममा सहभागी भएको आरोप लागिरहँदा शिक्षकहरु समेत विद्यालय समयमा पोशाकमै सहभागी हुन थालेका छन् ।

लेटाङ नगरपालिका वडा नं. ६ मा रहेको पब्लिक प्राविका प्रधानाध्यापक हरिप्रसाद धिमाल एमालेले संचालन गरेको ग्रासरुट कार्यक्रममा विद्यालय समयमै सहभागी भएका हुन् ।
त्यस्तै शान्ति भगवती माविका शिक्षक गोपाल बाराकोटी समेत यस कार्यक्रममा सक्रिय रुपमा सहभागी भईरहेका छन् ।

एमाले पार्टीको कार्यक्रममा कतै प्रशिक्षक त कतै सहभागीका रुपमा शिक्षकको सहभागिताले जनस्तरमा प्रश्न उठ्न थालेको छ ।
संचालन गरिरहेको राजनीतिक कार्यक्रममा शिक्षकले सरकारी पोशाकमा सहभागिता जनाईरहेता पनि सम्बन्धित निकाय रमिते बनिरहेको छ ।

यस बिषयमा शिक्षा शाखा लेटाङका नगर प्रमुख भुपेन्द्रकुमार लावतीलाई सोध्दा उनले शिक्षकहरु त्यसरी राजनीतिक कार्यक्रममा जान नमिल्ने प्रतिक्रिया दिए ।
त्यसो त शिक्षकले सहकारीमा समेत पद लिन मिल्दैन तर, शिक्षक गोपाल बाराकोटीलाई लेटाङ नगरपालिकाले सहकारी महासंघको अध्यक्ष नै बनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्