झापा , चैत्र २३ । मोरङको तीन वटा परीक्षा केन्द्रबाट ठलो सङ्ख्यामा एकै दिन नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

मोरङको झोराहाट, केराबारी र हरैचाबाट १९९ जना आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । ग्रामथान गाउँपालिका-२ झोराहाटबाटस्थित श्री सरस्वती नमुना मा.वि.को परीक्षा केन्द्रबाट आज सामाजिक विषयको परीक्षा दिँदै गरेको ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यस्तै सार्वजनिक मा.वि. केराबारीबाट १२७ जना र जनता मा.वि. सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् । ‘नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको छ,’ डिएसपी दाहालले भने, ‘घटनास्थलमा प्रहरी र शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमको टोली पुगेको छ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्