एजेन्सी । रोनाल्डोले कीर्तिमानी रकममा साउदी अरेबियन क्लबमा आबद्ध भएको ६ महिना नबित्दै अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि कीर्तिमानी रकमको अफर आएको छ ।

चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार साउदी अरेबियन क्लब अल हिलालले अर्जेन्टिनी कप्तान मेसीलाई अनुबन्धन गर्नका लागि कीर्तिमानी रकमको प्रस्ताव गरेको छ । उनका अनुसार अल हिलालले वार्षिक करिब ५८ अर्ब नेपाली रुपैयाँ (४०० मिलियन युरो) को प्रस्ताव गरिएको छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) को बीच सम्झौता समाप्त हुन तीन महिनामात्र बाँकी रहेको बेला साउदी क्लबले कीर्तिमानी रकममा अफर गरेको हो । मेसी र पीएसजीबीचको सम्झौता यही जुनमा समाप्त हुँदैछ । पीएसजीले मेसीसँगको सम्झौता एक वर्षका लागि थप गर्ने तयारी गरेको तथा स्पेनिस क्लब बार्सिलोनाले पुनः आबद्ध हुने चर्चाका बिचमा मेस्सीलाई साउदी क्लबको सो अफर आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरबाट हाल खेलिरहेका छन्, अल नासरले रोनाल्डोलाई वार्षिक १७३ मिलियन युरोमा अनुबन्ध गरेको थियो । अर्जेन्टेनी स्टार मेस्सीलाई रोनाल्डोको भन्दा २०० मिलियन युरो बढी रकमको अफर आएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्