झापा, चैत २३ । प्रथम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एक दिवसीय माध्यमिक विद्यालयस्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।

अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा बिहीवार कचनकवल गाउँपालिकामा सो प्रतियोगिता संचालन गरिएको थियो । प्रतियोगितामा लक्ष्मी मावि प्रथम भएको छ भने दोस्रो स्थान लक्ष्मीप्रसाद देवकोटा माविले हासिल गरेको छ । प्रतियोगितामा कचनकवलका ६ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।

कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईको प्रमुख आतिथ्य,झापा जिल्ला भलिबल संघका सदस्य कुलबहादुर कार्कीको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता संस्थाका कार्यकारी प्रमुख प्रकाशचन्द्र पाण्डेले गरेका थिए । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भट्टराईले कचनकवल गाउँपालिकाले खेलको क्षेत्रमा व्यापक सम्भावना बोकेको बताए । त्यस्तै झापा जिल्ला भलिबल संघका सदस्य कार्कीले कचनकवल गाउँपालिकालाई खेलको माध्यमबाट परिचित गराउन लागिपरेको बताए ।कार्यक्रमको संचालन बनियानी कार्यालयका कार्यालय प्रमुख गोपाल घिमिरेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्