झापा,चैत २४। झापामा एकैदिन तीनजना फरार प्रतिवादी पक्राउ परेका छन् ।

सवारी ज्यान ,जवरजस्ती करणी र ठगी मुद्धामा फरार रही पक्राउ परेका तीनैजना दमकका रहेका छन् ।

सवारी ज्यान मुद्दामा फरार दमक नगरपालिका वडा नं.७ बस्ने ४५ वर्षिय पवन लिम्बू पक्राउ परेका हुन् । झापा जिल्ला अदालतको मिति २०७५ असार ५ गते भएको फैसला अनुसार सवारी ज्यान मुद्दामा लिम्बूलाई १ बर्ष ११ महिना ४ दिन कैद सजाय तोकिएको थियो ।
फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको हो ।

त्यस्तै जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका वडा नं.३ बस्ने ३६ वर्षिय नगेन राई पनि बिहीवार नै पक्राउ परेका छन् । उनी १२ वर्षपछि पक्राउ परेका हुन् । झापा जिल्ला अदालतको मिति २०६७ फागुन १७ गते भएको फैसला अनुसार जबरजस्ती करणी मुद्दामा राईलाई ११ बर्ष जेल सजाय तोकिएको थियो । फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको हो ।

त्यस्तै ठगी मुद्दामा फरार रहेका दमक नगरपालिका वडा नं.८ बस्ने ४१ वर्षिय बेदप्रसाद सेडाई पनि पक्राउ परेका छन् । उनी १० वर्षपछि पक्राउ परेका हुन् । झापा जिल्ला अदालतको मिति २०६९ चैत २० गते भएको फैसला अनुसार ठगी मुद्दामा सेडाईलाई ५ दिन कैद र रु.१ हजार जरिवाना तोकिएको थियो ।
फरार रहेका तीनैजनालाई पक्राउ गरी शुक्रवार अदालतको आदेशले जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्