बिर्तामोड , चैत २६ । एकता युवा समाज बिर्तामोड– ४ को अध्यक्षमा अम्बिरकुमार लिङ्देन चयन भएका छन् ।

समाजको हिजो भएको तेस्रो अधिवेशनले लिङ्देनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । जसको उपाध्यक्षमा सावित्राकुमारी लावुङ लिम्बू , सचिव चित्रप्रकाश राई ,सहसचिव माया राई र कोषाध्यक्षमा गंगा पासवान रहेका छन् । त्यस्तै सदस्यहरुमा छत्रबहादुर खवास ,प्रदीप चिमरिया ,नर्वदा चौहान , गणेश कार्की , सुवाष मगर र पार्वता लिम्बू रहेका छन् ।

संस्थाका अध्यक्ष मनबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगरप्रमुख पवित्रा महतारा प्रसाईले गरेकी थिइन् । त्यस्तै विशिष्ट अतिथिमा जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता रोक्का, , अतिथिहरुमा वडा अध्यक्ष राहुल शर्मा , वडा सदस्यहरु केशवकुमार श्रेष्ठ , सल्लाहकार संयोजक मेघराज बास्तोला, नारायण पोख्रेल, पदमबहादुर तामाङ, अर्जुन खरेललगायत रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्