झापा , चैत्र २६ । उदयपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलको चालकको मृत्यु भएको छ ।

आइतबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमा ४३ वर्षीय तारणी मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाका अनुसार मे. १ ख २१८४ नम्बरको ट्रकले प्रदेश नं १-०५-००१ प ६१५९ नम्बरको मोटरसाइकल चालक त्रियुगा नगरपालिका-१४ का मगरले चलाएको मोटरसाइकललाई गाईघाट बजारमा ठक्कर दिएको थियो । सो घटना पछि ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्