बिर्तामोड , चैत २६ । विद्युतीय सुरक्षा दिवसको अवसरमा आज बिहान बिर्तामोडमा सचेतना र्याली निकालिएको छ ।

नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रको आयोजनामा सचेतनामुलक सन्देशसहितको र्याली निकालिएको हो ।

अनारमनी वितरण केन्द्रबाट शुरु भएको र्याली बिर्तामोडको मुक्ति चोक परिक्रमा गरी पुनः कार्यालयमै आएर समापन भएको थियो । ‘सुरक्षा सामग्री साथमा आफ्नो सुरक्षा आफ्नै हातमा , भिजेको हातले विद्युतीय उपकरण नचलाऔं ,दक्ष प्राविधिकबाट घरको वायरिङ गराऔं , विद्युतीय दुर्घटना संयोग होइन सुरक्षाप्रतिको बेवास्ता हो , अनाधिकृत विद्युत प्रयोग गर्नु अपराध हो ‘जस्ता सन्देश लेखिएका प्लेकार्ड र्यालीका सहभागीहरुले बोकेका थिए । र्यालीसंगै कार्यालयमा आउने ग्राहकहरुलाई सचेतना जगाउने कार्यक्रम रहेको अनारमनी वितरण केन्द्रका निमित्त प्रमुख सागर पोखरेलले बताए ।

झापाका ५ वटा वितरण केन्द्र र देशका १२८ वटा वितरण केन्द्रले विद्युतीय सुरक्षा दिवसको अवसरमा आज विविध कार्यक्रम आयोजना गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्