एजेन्सी । इरानमा हिजाब लगाउने महिलामाथि नजर राख्न सार्वजनिक स्थानमा क्यामेरा जडान गरिएको छ ।

प्रहरीले यसबारे घोषणा गर्दै कपाल नढाक्ने महिलाको पहिचान गरेर उनीहरूलाई मेसेजमार्फत चेतावनी दिने जानकारी दिए । प्रहरीले यसमार्फत हिजाब कानुनविरुद्ध विरोधलाई रोक्न मद्दत मिल्ने बताएको छ । अघिल्लो वर्ष महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि पूरा इरानमा हिजाबविरुद्ध प्रदर्शन सुरु भएको थियो । त्यसपछि यस्तो निणर्य लिइएको हो । महसा अमिनीलाई हिजाब नलगाएका कारण पक्राउ गरिएको थियो । त्यसयता धेरै महिलाले हिजाब फुकालेर विरोध गरे र यो विरोधको प्रभाव इरानसँगै विदेशमा पनि देखिएको थियो । सन् १९७९ मा इरानी क्रान्तिपछि देशमा धार्मिक कानुनलाई कडाइका साथ लागू गरियो र यसअन्तर्गत महिलाहरूले हिजाब लगाउन अनिवार्य गरिएको थियो । हिजाब नलगाउँदा महिलाले जरिवाना वा सजाय भोग्न सक्नेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्