झापा, बैशाख २१ । जिल्ला अदालत काठमाडौँले पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रहरीले सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराएर ३ दिनको म्याद दिएको हो । नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा प्रहरीले सन्दीपलाई बुधबार बुटवलबाट पक्राउ गरेको थियो । बिहीबार बिहान हवाई जहाजबाट काठमाडौँ लगीएसँगै प्रहरीले उनलाई म्याद लिनका लागि अदालतमा उपस्थित गराएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्