झापा , जेठ १२ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले आजै अदालतमा उपस्थित गराएको छ । प्रहरीले बुधबार ३० जनाविरुद्ध मुद्दा चलाउँदा १४ मध्ये उनलाई पनि फरार सूचीमा राखिएको थियो । लक्ष्मीको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले लाखौँ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेको छ । यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्