बिर्तामोड, जेठ १३ । राजवंशी समाज विकास समिति बिर्तामोड ५ को आयोजना तथा बिर्तामोड नगरपालिका ५ नं वडा कार्यालयको सहयोगमा मुरै बनाउने पाँचदिने तालिम शुक्रवार सम्पन्न भएको छ ।

आइतवारदेखि जात्रुवारी न्यूटन्स टोलमा शुरु भएको तालिममा १५ जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा खालसरी राजवंशीले मुरै बनाउन सिकाएकी थिइन् । आदिवासी समुदायको परम्परागत जातीय परिकार घरको मुरैलाई संरक्षण गरी संस्कृति जोगाउन र व्यवसायीकरण गर्ने उद्धेश्यले तालिम आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष रुपा राजवंशीले बताइन् । उनले मिलको मुरैभन्दा घरको मुरै स्वादिष्ट र स्वास्थ्यवर्द्धक भएको जानकारी दिइन् ।

वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्य तथा आयोजक संस्थाकी अध्यक्ष रुपा राजवंशीको अध्यक्षतामा भएको समापन कार्यक्रममा संस्थाका सल्लाहकार तथा प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंंह राजवंशी , प्रशिक्षार्थीहरु देविका क्षेत्री , विशिका राजवंशी , नम्रता राजवंशीलगायतले बोलेका थिए । कार्यक्रममा राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी , कार्यक्रममा राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी , राजवंशी समाज विकास समितिका नगर सचिव बालकृष्ण राजवंशी,जात्रुवारी न्यूटन्स टोलका अध्यक्ष लवकुमार चौधरीलगायतको उपस्थिति रहेको थियो । आयोजक समितिकी कोषाध्यक्ष अन्जु तिमिल्सिना राजवंशीले संचालन गरेको कार्यक्रममा स्वागत भाग्यवती राजवंशीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्