झापा, जेठ १३ । झापाको बुद्धशान्तिमा स्कुल बसको ठक्करबाट शनिवार एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका– ४ निवासी ८ वर्षीया सोमिया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुद्धशान्ति– ४ स्थित जोरलाबरको भित्री सडकखण्डमा पश्चिम तर्फबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख १३१३ नम्बरको शान्ति आदर्श माध्यमिक विद्यालय शान्तिनगरको बसले बाटोमा हिँड्दै गरेकी तामाङलाई ठक्कर दिएको थियो ।

घाइते भएकी उनको बिर्तामोडस्थित बिएण्डसि अस्पतालमा उपचारको क्रममा ५ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले स्कुल बस चालक इलाम जिल्ला रोङ गाउँपालिका ५ निवासी ५२ वर्षीय प्रेमकुमार राईलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्