झापा, साउन १० । मेची राजमार्गको पाँचथर खण्डमा हिजो दिउँसो भएको बोलेरो जिप दुर्घटनामा थप एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकी फिदिम नगरपालिका वडा नं १० याङ्नामकी ३५ वर्षिया सविना विकको उपचारका क्रममा मृत्यु भएको हो । उनको हिजो बेलुका ७ बजेतिर उपचारका क्रममा बिर्तासिटी हस्पिटल बिर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

दुर्घटनामा ताप्लेजुङ मैवाखोला गाउँपालिका १ ढुङगेसाँघुका ४५ वर्षीय जितेन्द्रमणि विक्रम वनेमको हिजो मृत्यु भएको थियो । उनको पाँचथर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । झापाको बिर्तामोडबाट फिदिमतर्फ जाँदै गरेको मे१ज १९४१ नं को ट्याक्सी अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको हो । ओरालो बाटोमा ब्रेक नलागेर गाडी भीरतिर खसेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
दुर्घटनामा १३ जना घाइते भएका थिए । घाइतेमध्ये बिर्तामोडको बीएण्डसी हस्पिटलमा ६ र बिर्तासिटी हस्पिटलमा २ जनाको उपचार भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।

बीएण्डसी हस्पिटलमा उपचाररत घाइतेहरु
१ ताप्लेजुङ मिक्वाखोला ५ पापुङ सिम्बु बस्ने बर्ष २६ की ईसेटिमा शेर्पा (आइसियु भेन्टीलेटरमा राखेर उपचार हुँदै ,अवस्था गम्भीर)
२. पाँचथर हिलिहाङ १ बस्ने बर्ष २५ का रोशन श्रेष्ठ( अबस्था सामान्य )
३. सोही ठाउँ बस्ने बर्ष २३ का भुपेन्द्र श्रेष्ठ (अवस्था सामान्य)
४. काठमाण्डौ महानगरपालिका ४ बल्खु बस्ने बर्ष २० की मिना लिम्बू (आइसियुमा उपचार हुँदै )
५. पाँचथर फाल्गुनन्द ३ बस्ने बर्ष ३५ का प्रहरी सहायक हवल्दार राम नेम्बाङ (सानो आइसियुमा उपचार हँुदै )
६.पाँचथर फिदिम नगरपालिका १० याङनाम बस्ने बर्ष ५ की पुस्तिका बिक (अबस्था सामान्य)
बिर्तासिटी हस्पिटलमा उपचाररत घाइतेहरु
१. ईलाम सिद्धिथुम्का बस्ने बर्ष १४ की निरुता सेन्चुरीे ( अबस्था सामान्य)
२. कालिकोट पतञ्जली गापा १ बस्ने बर्ष २२ का सुमन खड्का (टाउकोमा चोट अबस्था सामान्य)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्