दमक, साउन १७ । कमल गाउँपालिका ५ मंगलवारे घर भई हाल रोजगारीका क्रममा दुबईमा बस्दै आएकी सामाजिक अगुवा कोपिला बस्नेतले दमकको रत्न ज्येष्ठ नागरिक बृद्धाश्रमलाई सहयोग उपलव्ध गराएकी छन् ।


घर आएको अवसर पारेर उनले बुधबार दमक ४ स्थित आश्रममै पुगेर सहयोगी सामग्रीहरु प्रदान गरेकी हुन् । ती सामग्रीहरु कोपिलासहित उनका पिता नारायणदत्त र आमा देवीमाया बस्नेतले हस्तान्तरण गरेका थिए ।
सहयोगी कोपिलाका अनुसार आश्रममा आश्रित बृद्धबद्धाका लागि ९ थान बेड तन्ना, सिरानी, एक थान सिलिङफेन ,दुई कार्टुन चाउचाउ, फिनेलसहित नगद रु ३ हजार उपलव्ध गराईएको हो ।

आश्रममा हाल ९ जना सहाराविहीन बृद्धबृद्धा आश्रित छन् । सहयोग हस्तान्तरण कार्यक्रममा दाता बस्नेतले विदेशमा आर्जन गरेको कमाई बचत गरि बर्षेनि आफ्ना गाउँघरका गरिव,दिनदुखीलाई थोरै भएपनि सहयोग पुर्याउदै आएको बताईन् ।
उनले यसअघि पनि विभिन्न सामाजिक कार्यमा स्वेच्छिक सहयोग गर्दै आएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्