झापा , साउन १९ । कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा सक्रिय रहेको एकीकृत ६ घटक कार्यसम्पादन समितिले प्रेमदीप थाम्सुहाङलाई निष्काशन गरेको छ ।

एकताको मूल योजना र मर्मविपरित घटकका सदस्य थाम्सुहाङले नीति , कार्यक्रम र उद्धेश्यविरुद्ध गैरसांगठनिक र गैरराजनीतिक कार्य गरेको र उक्त कार्यले सिंगो पहिचानवादी आन्दोलनमा भ्रम सिर्जना गर्ने ठहर गरी उनलाई आजैका मितिबाट छ घटक संगठनको सबै जिम्मेवारीबाट निष्काशन गरिएको संयोजक के.पी. पालुङवाले जनाएका छन् । थाम्सुहाङले किराँत लिम्बुवान अभियानमा रसिद काटी पैसा उठाउँदै हिडिरहेको आरोप लागेको छ । संयोजक पालुङवाले अब उप्रान्त ६ घटकको नाम लिदै हिडेमा भौतिक कार्बाही गर्ने चेतावनीसमेत दिएका छन् ।

जातीय पहिचानको आधारमा स्वायत्त र स्वशासनसहितको संघीय लोकतान्त्रिक बहुल राष्ट्र राज्य नेपाल स्थापना गर्न सम्पूर्ण पहिचानवादीहरुलाई एकताबद्ध गर्दै राष्ट्रिय शक्ति निर्माणको लागि ६ संगठनको एकता घोषणा गरी एकीकृत ६ घटक कार्यसम्पादन समिति कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा सक्रिय रहँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्