भद्रपुर, साउन १९ । भद्रपुर नगरक्षेत्रका सबै संस्थागत विद्यालय आजदेखि बन्द गरिएको छ ।

आँखा पाक्ने रोगको संक्रमण फैलिएसँगै नगरक्षेत्रका सबै संस्थागत विद्यालय बन्द गरिएको नगर शिक्षा शाखाले जनाएको छ ।
आँखा पाक्ने रोग विद्यार्थीहरूमा फैलिएको भन्दै संस्थागत विद्यालयका प्रधानाध्यापकहरुले बिहीबार नगरपालिकासँग बैठक बसी छलफल गरेका थिए । छलफलमा साउन १९ देखि साउन २२ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको जनाइएको छ ।

सामुदायिक विद्यालयहरू बर्खे बिदा भई बुधवारदेखि मात्र सञ्चालनमा आएका हुनाले विद्यार्थीको अवस्थाबारे जानकारी हुन बाँकी रहेकाले सामुदायिक विद्यालय बन्द गर्ने निर्णय नभएको नगर शिक्षा शाखा प्रमुख राजकुमार ओडारीले जानकारी दिए । आँखा पाक्ने रोगको प्रकोप बढेकोले विद्यार्थी तथा अभिभावकहरूलाई सतर्क रहन उनले आग्रह गरेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्