झापा , साउन १९ । चन्द्रगढीस्थित झापा कारागारका कैदीबन्दीहरु आन्दोलित भएका छन् ।

उनीहरुले कारागारभित्र आगजनी गरेका छन् । कारागारमा रहेका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीवन्दीहरु आन्दोलनमा उत्रिएका हुन् । कैदीबन्दीहरुले कारागारभित्र नारावाजी गरिरहेका छन् ।कारागारभित्रबाट धुँवाको मुस्लो उडिरहेको देखिन्छ । भित्रको अवस्था थाहा हुन सकेको छैन ।भद्रपुर, मेचीनगर र विर्तामोडको दमकल आगो निभाउने प्रयास गरिरहेको छ ।सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो संख्या कारागार बाहिर तैनाथ गरिएको छ । थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्