झापा, साउन २२ । नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको दुई सुजुकी एसयूभीहरु सुजुकी जिम्नी र फ्रोन्क्स बिर्तामोडमा लन्च भएको छ ।

मारुती सुजुकीको आधिकारिक डिलर बिर्तामोड २ रामचौकमा रहेको आर. ए. ट्रेडर्स अटो प्राइभेट लिमिटेडले सोमवार ती दुई एसयूभी एकसाथ लन्च गरेको हो । बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने र आर. ए. ट्रेडर्सका संचालक राजेन्द्रकुमार थापाले संयुक्त रुपमा ती दुई एसयूभीहरु लन्च गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने , विशेष अतिथि इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले आकर्षक डिजाइनको सुविधासम्पन्न सुजुकी जिम्नी र फ्रोन्क्स गाडी ग्राहकको रुचि अनुसार बजारमा आएको बताए । त्यस्तै कार्यक्रमका अध्यक्ष आर. ए. ट्रेडर्सका संचालक राजेन्द्रकुमार थापाले अहिलेको मन्दीको अबस्थामा व्यवसायलाई बचाउन सबैलाई आग्रह गरे । आर. ए. ट्रेडर्सका जनरल मेनेजर सोकेन्द्र गौतमले सुजुकी जिम्नी र फ्रोन्क्सका विशेषताका बारेमा बताएका थिए । उनका अनुसार ५ढोके सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित कारमध्ये एक हो । यो मोडेलको माग विश्वभर नै निकै रुचाइएको छ । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो । जो हेभी–ड्युटील्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ । यो एसयूभी एक समर्पित उन्नत 4WD प्रणाली, ALL GRIP PRO संग आएको छ भने ब्रेक लिमिटेड स्लिप डिफरेन्सियल र 3 Link Rigid Axle Suspensionजस्ता अफ–रोड सुविधाहरू समावेश रहेको छ । अफ–रोडबाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीले २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल,हिलडिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू प्रदान गर्ने जनरल मेनेजर गौतमले बताए ।

त्यस्तै नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रित एसयूभी हो। “द फेस अफ न्यु एसयूभी“भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ भने यसमा रहेको अत्याधुनिक प्रविधिहरुले आरामदायी र सुरक्षित अनुभूति प्रदान गर्दछ । प्रिमियम डिजाइन, नयाँ युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुबिधाहरुले सुसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकहरुको लागि सम्पूर्ण माग आपूर्ति गर्ने बिश्वास कम्पनीले लिएको जनाएको छ । जिम्नीको सुरुवाती मूल्य रू. ५९,९९,००० र फ्रोन्क्सको मूल्य रू. ३९,९९,००० रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्