झापा , साउन २३ । इलामको सूर्योदयमा श्रीमतीको हत्या गरी श्रीमान फरार भएका छन् ।

सूर्योदय नगरपालिका २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरको साविक सुभाङ १ हाल हिलेहाङ ७ घर भएका चेपाङे भनिने पूर्णबहादुर तामाङले आफ्नै कान्छी श्रीमतीको हत्या गरि फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डिएसपी प्रकाश जवेगुका अनुसार हिजो बेलुका ९ बजेतिर अन्दाजी ५० वर्षका पूर्णबहादुरले अन्दाजी ४५ वर्षकी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनका अनुसार सामान्य झगडाका कारण पूर्णबहादुरले श्रीमती डम्बरकुमारीको टाउकोको पछाडीपट्टिको भागमा धारिलो हतियार बामफोकको प्रयोग गरि हत्या गरेको बताइएको छ ।

पूर्णबहादुर कान्छी श्रीमती डम्बरकुमारीसंग सूर्योदय नगरपालिकामा डेरा गरी बस्दै आएका थिए । उनले तीन महिनाअघि अर्काकी श्रीमती डम्बरकुमारीलाई भगाएर लगेका थिए । डम्बरकुमारीको माइत झापाको अर्जुनधारा – ११ हो । पूर्णबहादुरकी जेठी श्रीमती हिलेहाङमा बस्दै आएको जनाइएको छ । फरार पूर्णबहादुरका बारेमा खोजतलास भइरहेको र कानुनी प्रक्रिया अनुसार शबको पोष्टमार्टमको प्रक्रिया अगाडी बढाइएको डीएसपी जवेगुले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्