भद्रपुर, भदौ २० । प्रादेशिक अस्पताल भद्रपुरको मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर रामबाबु खड्का नियुक्त भएका छन् ।

वरिष्ठ कन्सल्टेन्ट सर्जन डा.खड्कालाई कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयले हाललाई निमित्त मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरेको हो । सोही अस्पतालमा कार्यरत डा. खड्कालाई मेसुमा नियुक्त गरेको पत्र मंगलवार प्राप्त भएको जनाइएको छ । भद्रपुर– १० चन्द्रगढी निवासी डा. खड्का चर्चित सर्जन हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्