झापा , भदौ २० । झापा गाउँपालिका ७ स्थित सानो माई खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।

आज बिहान ८ः३० बजेको समयमा झापा गाउँपालिका ७ शिवशान्ति टोल बस्ने अन्दाजी ४० वर्षिय बिनोद दाहाल सानो माई खोलामा डुबेर मृत अवस्थामा फेला परेका थिए । दाहाललाई खोलामा डुबेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार मृतक दाहाल तीन दिनअघि घरबाट हिँडेका थिए । मदरगाछ पूर्व सानो माइको पुलनेर उनको साइकल र टोपी फेला परेको थियो। मृतक दाहालको शव पोस्टमार्टमका लागि पठाएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्