झापा,भदौ३०।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार भेट गर्नुभएको छ ।राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र सङ्घको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन आज (शनिबार) साँझ न्यूयोर्क प्रस्थान गर्नुहुँदैछ । उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुँदै संयुक्त राष्ट्रसङ्घको मुख्यालय अमेरिकाको न्यूयोर्क प्रस्थान गर्न लाग्नुभएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्