झापा,भदौ३०।दुई महिनाअघि घरबाट हराएकी एक महिलाको टाउको छिनेको अवस्थामा शनिबार शव फेला परेको छ ।मध्यपुरथिमि नगरपालिका-४, तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा घाँस काट्न गएकी महिलाले टाउको छिनेको शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए ।दुई महिनाअघि हराएकी महिलाको शवको कंकाल मध्यपुरथिमिको जंगलमा भेटिएको उनले जानकारी दिए । पाठकका अनुसार कंकालमा भेटिएको लुगाका आधारमा शवको पहिचान गरिएको हो ।“उक्त शव सूर्यविनायक नगपालिका-२, बालकोटस्थित बंगलामुखी बस्ने ६१ वर्षीया परमेश्वरी दाहालको रहेको परिवारले पहिचान गरेको छ,” उनले भने ।परमेश्वरीकी छोरी जानुका दाहालले गएको साउन १० गते आमा हराएको भन्दै प्रहरी वृत्त थिमिमा जाहेरी दिएकी थिइन् ।शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोटमा पठाइएको जनाउँदै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्