झापा , असोज २ । झापा दमकको लाईफ लाइन अस्पताललाई राष्ट्रिय पुरस्कारले पुरस्कृत गरिने भएको छ ।

प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने लाईफ लाइन अस्पताललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुरस्कृत गर्न लागेको हो । प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा राष्ट्रिय स्तरमा ध्वजा र रू एक लाख नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने भएको हो । प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका लाइफ लाइन अस्पतालसंगै कोरिया नेपाल बहुप्राविधिक शिक्षालय रूपन्देही , मनमोहन मेमोरियल पोलिटेक्निक मोरङ र आदर्श माध्यमिक विद्यालय, विराटनगर पनि जनही एक लाख नगदसहित पुरस्कृत हुने भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा संघ संस्थाका नामावली सार्वजनिक गरेको हो ।
मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार, पुरस्कृत हुने राष्ट्रिय शिल्ड तथा नगद पुरस्कार एक लाखदेखि तीन लाख रुपैयाँसम्म प्राप्त गर्ने छन्।
पुरस्कृत हुने अन्य विद्यालय, क्याम्पस तथा संघसंस्थाहरू यस प्रकार छन् ः

सार्वजनिक विद्यालयतर्फ

१. देशभरका सार्वजनिक (सामुदायिक) विद्यालयमध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रियस्तरमा प्रथम भई राष्ट्रिय शिल्ड, ध्वजा र रू ३ लाख नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालयः कमला माध्यमिक विद्यालय, मैनी, सिन्धुली ।
२. द्वितीय भई राष्ट्रिय शिल्ड, ध्वजा र रू २ लाख नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालय कमला माध्यमिक विद्यालय, ढुङ्ग्रेवास, कमलामाई–४, सिन्धुली ।
३. राष्ट्रियस्तरमा तृतीय भई राष्ट्रिय शिल्ड, ध्वजा र रू १ लाख नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालय नारायण माध्यमिक विद्यालय, रुमाल गाउँ सल्यान।

निजी लगानीका विद्यालयतर्फः
१. देशभरका निजी लगानीका (संस्थागत) विद्यालयमध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रिय स्तरमा प्रथम भई राष्ट्रिय शिल्ड, ध्वजा र रू ३ लाख नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालय प्रसादी एकेडेमी माध्यमिक विद्यालय, तफाल्होः, ललितपुर
२. द्वितीय भै राष्ट्रिय शिल्ड, ध्वजा र रू २ लाख नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालय सेन्ट जेभियर्स कलेज, माइतीघर,काठमाडौं।
३. तृतीय भै राष्ट्रिय शिल्ड, ध्वजा र रू १ लाख नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालय बूढानीलकण्ठ स्कूल, काठमाडौँ।

क्याम्पसतर्फः
१. विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनका आधारमा विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमध्ये राष्ट्रियस्तरमा उत्कृष्ट भई रू २ लाख ५० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने क्याम्पस पुल्चोक क्याम्पस, ललितपुर ।
२. विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनका आधारमा विश्वविद्यालयका सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरूमध्ये राष्ट्रिय स्तरमा उत्कृष्ट भै रू २ लाख ५० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने क्याम्पस लुम्बिनी वाणिज्य क्याम्पस रूपन्देही ।
३. राष्ट्रिय स्तरमा उत्कृष्ट भै रू २ लाख ५० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने क्याम्पस काठमाडौं मोडेल कलेज काठमाडौं।

समाज कल्याण शिक्षा पुरस्कारतर्फ
१. सडक बालबालिका, एचआइभी एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुर्याएका संस्थाहरूमध्ये स्वीकृत मापदण्डको आधारमा छनौट भइ रू ३ लाख नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने एसओएस बालग्राम, मध्यपुर ठिमी, भक्तपुर ।
२. सडक बालबालिका, एचआइभी एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुर्याएका संस्थाहरूमध्ये स्वीकृत मापदण्डको आधारमा छनौट भई रू ३ लाख नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने कोपिला भ्याली सेवा समाज, वीरेन्द्रनगर–४, सुर्खेत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्