झापा, असोज २ । झापाको काँकडभिट्टा नाकाबाट तीन नेपाली बालकको उद्धार गरिएको छ ।

अपरिचित व्यक्तिले ललाईफकाई भारत लैजाँदै गरेका ती बालकहरूलाई भारतीय एसएसबीले सीमा नाकाबाटै उद्धार गरी सशस्त्र प्रहरीलाई जिम्मा लगाएको हो ।

उद्धार गरिएका बालकहरू मेचीनगर नगरपालिका– १० स्थित धुलाबारी पाथीभरा टोलका १५ वर्षीय विशाल दनुवार, सोही ठाउँका १२ वर्षीय युवराज तामाङ र १२ वर्षीय सूर्य चौधरी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी दिनेश कटुवालले जानकारी दिए ।

बालकहरूलाई भारततर्फ लगिरहेको सूचना पाएलगतै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाको टोलीले एसएसबीसँग समन्वय गरेको थियो ।

एसएसबीले उद्धार गरेका बालकहरूलाई सोमबार राति साढे ८ बजे सशस्त्रलाई जिम्मा लगाएको डीएसपी कटुवालले बताए । त्यसपछि बालकहरूलाई आ–आफ्नो अभिभावकको जिम्मा लगाउन विश्व सेवा विस्तार संस्थाका प्रतिनिधिलाई बुझाइसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्