दमक, असोज ११ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा शाखाको भोलि हुने निर्वाचनमा अध्यक्ष र सचिवबाहेक सबै पदमा सर्वसम्मत भएको छ ।

आज झापाको दमकमा भएको मनोनयन दर्तामा अध्यक्ष र सचिव पदमा भने दुई–दुईजनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक नरेन्द्र बरालले जानकारी दिए ।

संघको दोस्रो कार्यकालका लागि अध्यक्षमा जीवनकुमार खड्का र प्रदिप खरेलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, सचिवमा प्रल्हादराम ढुंगाना र यज्ञराज कार्कीको उम्मेदवारी दर्ता भएको छ ।
बरालका अनुसार वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद अधिकारी, थोक उपाध्यक्षमा विवेक बजगाईं र खुद्रा उपाध्यक्षमा राकेश शाह सर्वसम्मत भएका छन् ।

त्यस्तै, महासचिवमा विष्णुप्रसाद पौडेल, कोषाध्यक्षमा युवराज भट्टराई र उप–कोषाध्यक्षमा लक्ष्मी पौडेल सर्वसम्मत भएका छन् ।
थोक सदस्यमा विप्लव लिम्बू, खुद्रा सदस्यमा रेवती भण्डारी तथा खुला सदस्यमा सुमन कोइराला, धमेन्द्र दंगाल र यामबहादुर विष्ट सर्वसम्मत निर्वाचित भएका छन् । झापा शाखाको दोस्रो अधिवेशनमा ३६३ जना व्यवसायीको मताधिकार रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्