झापा, असोज १६ । भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको चार लाख रुपैयाँभन्दा बढीको कस्मेटिक सामान प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले मेचीनगर नगरपालिका–१५ स्थित विचार्नीमा उक्त मूल्य बराबरको कस्मेटिक सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेची भन्सार काँकडभिट्टाभन्दा दक्षिणको खुला सीमाबाट सामान भित्र्याइएको थियो । बरामद गरिएको सामान मेची भन्सार काँकडभिट्टामा बुझाइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्