झापा,असोज १९ ।ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)ले १९ औँ एसियाली खेलकुदको क्रममा चिनको होङजाउ पुगेका नेपालका पाँच खेलकर्मीलाई कदरपत्रसहित सम्मान गरेको छ । ओसिएले नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठ तथा कर्मचारीद्वय आयुष जोशी र निरज श्रेष्ठलाई सम्मान गरेको हो ।ओसिएले होङजाउ एसियाली खेलकुदको प्रवर्धन र प्रचारप्रसारमा दिएको योगदानको कदरस्वरुप सम्मानपत्र प्रदान गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्