झापा, असोज २३ । झापाको दमकमा एक महिलाको शव फेला परेको छ ।

दमक नगरपालिका–२ स्थित हम्सेदुम्से सामुदायिक वनभित्रको रतुवा घाटनजिकैको मलामी विश्रामालयमा आफ्नै पटुकीले पासो लगाई आत्महत्या गरेको अबस्थामा इलाम चुलाचुली-५ दाहालडाँडा बस्ने ६० वर्षिया रत्नकुमारी राईको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

आज बिहान ८.३० बजे जंगलमा घाँस काट्न गएका महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घरबाट हिडेकी राई हिजोदेखि बेपत्ता रहेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्