झापा , कात्तिक १० ।खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढे लालीका ४० वर्षीय दावा शेर्पाले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका छन् ।

हिजो बेलुकी ५ बजेतिर ३६ वर्षीया श्रीमती लाक्पा दिकु शेर्पालाई चिर्पटले हानेर हत्या गरेका हुन् ।
उनीहरूबीच झगडा हुँदा चिर्पटले हानेर शेर्पाले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । दावालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्