एजेन्सी । भारत पश्चिम बंगालको राशन वितरण घोटालामा ईडीले आज बिहान ममता बनर्जी सरकारका वन मन्त्री तथा पूर्व खाद्यमन्त्री ज्योतिप्रिय मलिकलाई पक्राउ गरेको छ ।

यसअघि हिजो बिहान नै ईडीको टीमले मन्त्री मलिकको अलग–अलग ठाउँहरुमा छापा मारेको थियो । करिब २० घण्टा चलेको त्यस सर्च अपरेशनपछि आज बिहान करिव सवा तीन बजे मलिकलाई पक्राउ गरिएको हो ।
मलिकलाई गिरफ्तारीपछि जोकास्थित ईएसआई अस्पताल लगिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।