झापा , कात्तिक १० । नेपालले यूएईलाई १६३ रनको लक्ष्य दिएको छ।

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेपालले १६२ रन बनाएको हो। निर्धारित २० ओभरमा नेपालले ८ विकेट गुमाउँदै १६२ रन बनायो। कुशल भुर्तेलले २९ बलमा अर्धशतक बनाए भने दिपेन्द्रसिंह ऐरी १५ बलमा २०, कप्तान रोहित पौडेल १७ बलमा १८, आसिफ शेख १२ बलमा ८ कुशल मल्लले २ बलमा १, सन्दीप झोरा १० बलमा १०, गुलशन झा ८ बलमा ५, सोमपाल कामीले ८ बलमा १३ रन बनाए भने करण केसीले १७ बलमा २३ रनको योगदान दिए। पहिलो सात बलभित्र दुवै ओपनर कुशल र आसिफ शेखले जीवनदान पाए पनि नेपालले त्यसको फाइदा उठाउन सकेन । पहिलो ओभरको अन्तिम बलमा आसिफको क्याच यूएईका विकेटकिपरले छाडेका थिए भने दोस्रो ओभरको पहिलो बलमा कुशलले गरेका प्रहार सर्ट फाइन लेगमा छुट्न पुगेको थियो ।

नेपालले ६ ओभरको पावर प्लेमा १ विकेटमात्र गुमाएर ५९ रन जोड्दै उत्कृष्ट सुरुआत गरेको थियो । आसिफ १२ बलमा ७ रन बनाई आउट भए । सातौं ओभरमा कुशल २ बल खेली १ रनमै आउट भए । दुवैलाई आयान अफजल खानले बोल्ड गरे । 

कुशलले २८ बलमा अर्धशतक बनाए । त्यसको अर्को बलमा उनी आउट भए । उनले ६ चौका र ३ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले १७ बलमा १८ र दीपेन्द्रसिंह ऐरीले १५ बलमा २० रन बनाई आउट भए । गुल्शन झाले ५ रनमात्र जोड्न सके । करण केसीले १७ बलमा २ चौका र १ छक्कासहित अविजित २३ रन बनाएपछि नेपालको स्कोर केही मजबुत बनेको हो ।

दुई सुन्दर प्रहार गरेका सोमपाल कामीले ८ बलमा १३ रन बनाए । सोमपाललाई पनि आयानले बोल्ड गरे । आयानले ४ ओभरमा १९ रनमात्र खर्चे । जाहुर खान र अलि नासिरले २/२ विकेट लिए । जाहुरले ४ ओभरमा ३६ र नासिरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए ।

टस जितेको युएईले फिल्डिङ रोजेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। नेपालले पछिल्लो खेलमा यूएईलाई ५ विकेटले हराएको थियो। यसअघि नेपालले हङकङ र यूएईलाई समान २÷२ खेलमा हराएको थियो। यूएई र हङकङले समान एक–एक खेल जित हात पारे पनि नेट रनरेटमा यूएईले हङकङलाई पछि पार्दै फाइनलमा स्थान बनाएको हो। सिरिजका चारै खेलमा शानदार जितसहित नेपाल यसअघिनै सिरिजको फाइनल प्रवेश गरिसकेको छ। आईसीसी टी–२० विश्वकप छनोटको तयारीस्वरूप नेपाल क्रिकेट संघ (क्यान)ले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्