झापा, कात्तिक १७ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र)का गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जवेगुलाई मन्त्रीमा नियुक्त गरेका छन् ।

मुख्यमन्त्री बनाउन भूमिका खेलेको नेकपा एमालेको विरोधका बाबजुद कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरु उप्रेती र जवेगुलाई मन्त्री बनाउने निर्णय गरेका हुन् ।
‘माओवादी र एकीकृत समाजवादीका नेताहरुलाई मन्त्रीमा नियुक्त गरेको छु,’ मुख्यमन्त्री कार्कीले भने, ‘केही समयमा शपथग्रहण हुन्छ ।’

एमालेले आफू र कांग्रेसका संसदलाई मात्रै मन्त्री बनाउनु पर्ने धारणा राख्दै आएको थियो । मुख्यमन्त्री कार्कीले नयाँ सरकार बनेको २० दिन भइसकेको र गठबन्धनका सबै तर्फबाट सबैलाई समेट्ने दबाब रहेको जवाफ दिएका थिए ।

एमालेले कांग्रेस बाहेकका अन्य दललाई सरकार सहभागी गराए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । कार्की नेतृत्वको सरकारमा एमालेको प्रदेश सभाको उपनेता राम राना मन्त्री छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्