झापा , कात्तिक १७ । हात्तीको बङ्गारासहित अर्जुनधाराबाट दुईजना पक्राउ परेका छन् ।

गएराति ८.३० बजे अर्जुनधारा नगरपालिका वडा नं. ७ जरुवा टोल बस्ने ४७ वर्षीय तिखबहादुर विश्वकर्माको घरमा हात्तीको बङ्गारा लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोली उनको घरकोठामा खानतलासी गर्दा किराना पसलमा लुकाई छिपाई राखेको हात्तीको बङ्गाराजस्तो देखिने ७ इन्च लम्बाई, १२ इन्च गोलाई र १ के.जी ७९० ग्राम तौल भएको बस्तु फेला परेको थियो । विश्वकर्मालाई सोधपुछ गर्दा उनले सीही ठाउँ बस्ने ५० वर्षीय शावा लिम्बूको घरबाट ल्याई राखेको बताएका थिए ।

उक्त बस्तु र लिम्बू समेतलाई नियन्त्रणमा लिई दुवैलाई आवश्यक कार्वाहीको लागि शुक्रवार डिभिजन वन कार्यालय झापामा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्