झापा, कात्तिक २४ । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितहरुका लागि कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले एकलाखभन्दा बढीको आर्थिक सहयोग गरेको छ ।

समितिले कृषि बजारका व्यवसायी , संचालक समिति र कर्मचारीहरुबाट संकलन गरी १ लाख ८ हजार ४५५ रुपैयाँ भूकम्पपीडितहरुलाई सहयोग गरेको हो । व्यवसायीहरुबाट ८९ हजार ४६५ तथा संचालक समिति र कर्मचारीहरुबाट १८ हजार ९९० रुपैयाँ संकलन गरिएको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल पौडेलले बताए ।

उनले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत वितरण गर्ने गरी कृषि विकास बैंकको रामशाहपथको खातामा जम्मा गरिएको जानकारी दिए । गत शुक्रबारको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा गरी १५३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्